नगरपालिकाका कर्मचारी खैरो हेरोइनसहित पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारीसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । पुनर्वास नगरपालिका १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसँगै असिम थापालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका ६ स्थित एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए । कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनी शुक्रबार कार्यालयमा अनुपस्थित रहेको बुझिएको छ । स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार