अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायक मन्त्री लुले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उक्त भेटवार्तामा छलफल भएको बुझिएको छ । एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आएका हुन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार