अमेरिकी सहायक विदशेमन्त्री लू‍ले गरे सभापति देउवासँग भेटवार्ता

काठमाडाैं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू‍ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

लुसँगको छलफल फलदायी भएको सभापति देउवाले बताएका छन् । उनले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएकाे बताए ।

नेपालमा शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धन गर्न प्राप्त अमेरिकी सरकार र लुको सहयोगकाप्रति उनले आभार प्रकट गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार