भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, बीचबाटै काठमाडौं फर्काइयो

झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

१:५३ बजे काठमाडौंबाट उडेको जहाज १५ माइल परबाट फर्किएको थियो । फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको छ । जहाजमा कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार