अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् ।  दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।  उनले आजै ४ बजे परराष्ट्रमन्त्री साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार