काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-२९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ :२० बजे आफैं अनियन्त्रित भएर पल्टिँएको हो । बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् ।

घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार