हेटौंडाबाट अवैध सुनसहित एक जना पक्राउ

हेटौँडा । सुन, अवैध कपडा र खाद्यान्नसहित मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडक खण्डमा बिहीबार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नं. को सुमो जाँच गर्ने क्रममा प्रहरीले सुन र अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो।

सुमोमा सवार वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरिएको प्रहरीले जनाएकव छ।

सुनचाँदी व्यवसायी सङ्घ मकवानपुरले बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपियाँ बराबरको सुन फेला पारी उक्त पहेलो धातुसहित सोनारलाई नियन्त्रण लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।

यस्तै प्रहरीले भन्सार छलेर ल्याइएको तीन लाख ५७ हजार ८८९ रुपियाँ  बराबरको अवैध कपडा तथा खाद्यान्न बरामद गरेको छ। हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा यात्रुबाहक बसको डिक्कीबाट भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यन्न बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय  पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार