सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि पेरिसडाँडामा राखिने

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

प्रधानमन्त्रीको सचिवालयकाअनुसार पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली पछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी ६९ वर्षीया सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी’ बाट लामो समयदेखि पीडित थिइन् ।

उनको अवस्था थप जटिल बनेपछि गएराति उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनलाई बिहान ८ बजे ‘कार्डियक अरेष्ट’ भएपछि ८ः३३ बजे निधन भएको अस्पतालले जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार