सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकोप्टर

बेपत्ता हेलिकप्टर खोज्न अल्टिच्युडको हेली पठाइँदै

मनाङ एयरको एउटा हेलिकोप्टर मंगलबार बिहान सम्पर्कविहीन भएको छ।

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो । उनका अनुसार हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा थियो ।

लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकोप्टर बेपत्ता भएको हो । लामाजुरासम्म लुक्ला टावरले हेर्ने गर्छ । त्यसयता हेलिकोप्टर काठमाडौं टावरसँगको सम्पर्कमा आउनुपर्ने थियो ।

हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन् भने एक जना चालक नेपाली हुन् ।

हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । प्रवक्ता सिटौलका अनुसार लामजुरा आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार