सञ्चार मन्त्रालयका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । अदालतले उनलाई आइतबार र सोमबार हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पनि दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरुलाई पनि अदालत बुझाइएको थियो ।

आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए। तर उनी देश छाडेर भाग्न लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

२०६७ सालमा शाखा अधिकृत हुँदा उनी भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए । जतिबेला उनले टिप्पणी उठाएको आरोप छ । यसअघि अख्तियारबाट जोगिएका उनलाई सीआईबीले भने कीर्ते र संगठित अपराधको कसुरमा पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार