माल्टा पठाइदिन्छु भनी रकम ठगेको आरोपमा महिला पक्राउ

माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङ हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सोमबार तारकेश्वरबाट तामाङलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पटक–पटक गरी पाँच लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार