प्रधानन्यायाधीश कार्कीले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानन्यायाधीश कार्कीले गत २२ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेर अध्ययनअध्यापन कार्यक्रम तथा अस्पताल सेवा संचालन र भएको प्रगती विवरणको जानकारी लिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्कीलाई प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, सहायक निर्देशक, मेडिकल निर्देशकलगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा प्रधानन्यायाधीश कार्कीले अस्पतालको ओपीडी सेवा तथा विभिन्न वार्डहरूको अवलोकन गरेर उपचार सेवाको बारेमासमेत जानकारी लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार