संसदलाई तीन दलको बन्धक बन्न दिन्नौँ : सांसद लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दलको निर्णय अरुले मानिदिनुपर्ने हो ? भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए ।

मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार