लालिता निवास प्रकरणमा मेरो संलग्नता छैन् : दीनानाथ शर्मा

पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले लालिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । ललिता निवास प्रकरणसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएपछि शर्माले आइतबार विज्ञप्ति प्रकाशित गरी आफू सो सम्बन्धी निर्णय प्रक्रियामा कहिँ कतै नजोडिएको बताएका हुन् ।

नेता शर्माले उक्त समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफु जिम्मेवार रहेको मन्त्रालयबाहेक भुमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पारेका छन् ।

‘म २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको मन्त्रिपरिषदमा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थिएँ । म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारबाही र निर्णय प्रक्रियामा मेरो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पार्न चाहन्छु’ उनले लेखेका छन्।

साथै शर्माले सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले अनर्गल दुष्प्रचार र भ्रम फैलाएको दाबी पनि गरेका छन्।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्मालेयस्तो विकृति र विसंगतिका बिरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी) केन्द्र र आफु सदा दृढतापूर्वक प्रतिवद्ध रहेको समेत बताएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुका विरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शिताको पक्षमा उभिन समेत अपिल गर्न चाहन्छु ।’ उनले लेखेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार