संसदको गतिरोध हटाउन नेताहरू सहमत, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक सुचारु हुने भएको हो ।

कांग्रेस नेता रमेश लेखकले आज ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने जानकारी दिए । दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने छन् ।

गत बुधबारदेखि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार