नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु देउवाको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार  गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको  प्रहरी प्रवक्ता कुवेर कडायतले  जनाएका छन् । शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जानकारी गराएका छन् ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले अडियोको विषयमा छानबिनका लागि भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

नक्कली भुटानी शरणार्थीको रुपमा अमेरिका जान भनेर रकम बुझाएका व्यक्ति (पीडितहरु)सँग कुराकानीका क्रममा शर्माले आरजुलाई समेत करोडौं रुपैयाँ बुझाइएकाले काम हुने भन्दै आश्वासन दिएको सुनिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार