ब्राजिलमा भवन भत्किँदा १४ जनाकाे मृत्यु

रियो दि जेनेरो- उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा १४ जनाकाे मृत्यु भएको छ ।

पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।

सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएको थियो तर २०१२ यता कैयौँ परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार