कोशी सरकार गठनविरूद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार