स्कुल बसको ठक्करले तीन वर्षीय बालकको मृत्यु

नवलपुरको हुप्सेकोट गाउँपालिका २ मा लोकसेवा माविको स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चोरमाराबाट हुप्सेकोट जाँदै गरेको लु १ क ३९९९ नम्बरको बसले हुप्सेकोट २, दन्दरमा ठक्कर दिँदा स्थानीय सुकमाया परियारको तीन वर्षीय छोरा कृश परियारको घटनास्थलमै मृत्यु भएको हो ।

चालक फरार रहेको र बस हुप्सेकोट प्रहरी चौकीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ । फरार रहेका बस चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार