संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

पक्षमा १४७, विपक्षमा १०८ मत

प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । ध्वनी मतका आधारमा बजेट पारित हुँदै आएकोमा यसपटक पहिलोपटक मतदान गरिएको हो ।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार