प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढी हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार