नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।  उक्त प्रकरणमा पक्राउ गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी लगायतलाई थुनामा राख्ने म्याद सकिएपछि प्रहरीले उनीहरूलाई सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालत लगेको थियो । सो क्रममा अदालते थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि सोमबार प्रहरीले शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ भने उनीहरूबाट २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँण, रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगायत १६ जनालाई पक्राउ गरि अनुसन्धान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार