सात कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले सातवटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको छ । हालै नयाँ ब्रोकर लाइसेन्सको आशय पत्र ९एलओआइ० सात कम्पनीले पाएका हुन् ।

बोर्डले एलओआइ दिएका ४३ कम्पनीलाई पूर्वाधार निर्माण गर्न भनेको थियो । पूर्वाधार तयार गरेका सात कम्पनीलाई लाइसेन्स दिएको बोर्डका एक अधिकारीले बताए ।

‘यी कम्पनीले पूँजी पूरा गरी पूर्वाधार तयार गरेपछि लाइसेन्स पाएका हुन्,’ ती अधिकारीले भने ।

उनका अनुसार भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोक्रेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टी विजार्ड– सीमित कार्य गर्ने धितोपत्र कार्य गर्ने कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका छन् ।

यी सबै कम्पनीले सीमित कार्य गर्ने गरि लाइसेन्स पाएका हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार