एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पीएसजी उपाधिबाट एक जित टाढा

फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी ११औं फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ ।

आइतबार राति भएको खेलमा अक्सेरेविरुद्ध २–१ को संर्घषपूर्ण जित हासिल गर्दै पीएसजी उपाधिनजिक पुगेको हो । पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गरे ।

साविक विजेता पीएसजीले दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अग्रता बनाएको छ । पीएसजीलाई अब उपाधिका लागि दुई खेलमा एक जित भए पुग्नेछ ।

पीएसजीका लागि एमबाप्पेले सुरुवाती ८ मिनेटमा नै दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ५१औं मिनेटमा सियायोकोले गोल फर्काउँदै अक्सेरेलाई २–१ को अवस्थामा ल्याए ।

रेलिगेसनको खतरासँग जुधिरहेको अक्सरेले खेलमा थप गोल गर्न नसक्दा हार भोग्यो ।

एमबाप्पलेले खेलको छैटौं र आठौं मिनेटमा गोल गरेका थिए। २४ वर्षीय एमबाप्पेले यो सिजन ४१ खेलमा ४० गोल र ९ असिस्ट दिएका छन् । जसमा लिग १ का ३२ खेलमा ३३ गोल गरे ।

गएराति नै भएको खेलमा दोस्रो स्थानमा रहेको लेन्सले लोरियन्टलाई ३–१ ले हरायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार