तोरीको तेलमा मूल्य अभिवृद्धि कर खारेज गर्न माग

नेपाल चामल तेल दाल उद्योग सङ्घले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सङ्घले अवैधानिक तरिकाबाट अत्यधिक रूपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरू बन्द भएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा सहुलियत दिनका लागि १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको हो ।

सङ्घले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती विदेश निकासी खुल्ला गर्न पनि माग गरेको छ ।

त्यस्तै दाल निकासी गर्दा लाग्ने प्रतिकेजी रु १ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १।५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने सङ्घका अध्यक्ष सुबोध कुमार गुप्ताले बताएका छन् । बाईट।।।

उनले सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरि स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी लगायतका पूर्वाधारहरूको सृजना गर्न आगामी बजेटमार्फत मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार