ए डिभिजन लिग : आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् ।

च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।

त्यस्तै, साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार