दिल्ली क्यापिटल्सलाई हराएसँगै प्लेअफमा पुग्ने दोस्रो टिम बन्यो चेन्नई

महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपरकिङ्स जारी इन्डियन प्रिमियर लिकको प्लेअफमा प्रवेश गरेको छ ।

चेन्नई प्लेअफका लागि क्वालिफाइ गर्ने दोस्रो टिम बनेको छ। चेन्नईले शनिबार दिल्ली क्यापिटल्सलाई उसकै होमग्राउन्डमा ७७ रनले पराजित गरेको हो ।

यो जितसँगै लीग स्टेजबाट चेन्नईले १७ अंक बटुलेको छ। यता डेभिड वार्नरको टिम दिल्ली क्यापिटल्सले जम्मा १० अंक मात्र प्राप्त गरेको छ ।

यो चेन्नईको दिल्लीमाथि लगातार चौथो जित हो। अरुण जेटली मैदानमा चेन्नईले टस जित्दै २० ओभरमा तीन विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार