संसदमा आज एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो ।

‘उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो,’ ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ ।’

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए । गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए ।

यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए । तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन नसकेको उनले बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार