डाक्टर मृत भेटिएको घटनामा पूर्वप्रेमी र प्रेमी प्रहरी नियन्त्रणमा

धनगढीमा डाक्टर मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार मृत भेटिएकी थिइन ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र डा.सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका शाह र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

आत्महत्या गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र केसीलाई समातिएको हो। उनीहरू अहिले प्रहरी थुनामा छन्।

शाहको शव आफ्नै घरको बन्द कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार