औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभिने

सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागलाई गाभ्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार