नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
यसअघि ६ गतेदेखि १० गतेसम्म नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।  नागरिक उन्मुक्ति पार्टीले पार्टीका संस्थापक रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश पछि लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार