वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिएका हुन् ।

सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार