सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने

सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ । ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

विभिन्न कारण र माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको विश्लेषण भइरहेको बेला सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार