कर प्रणालीमा पुनरवलोकन गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरवलोकन गर्ने उनको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ । ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार