गरिमा विकास बैंकद्धारा वित्तीय साक्षरता सम्बन्धी विशेष भिडियो सार्वजनिक

आजभोलि वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धी विभिन्न घटनाक्रमहरू बढ्दै गइरहेको छ । यस्ता ठगहरूले सामाजिक सञ्जाल एवं अनलाइन एपहरूको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाइएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरूकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरू फस्ने गर्दछन् ।

यसलाई मध्यनजर गर्दै गरिमा विकास बैङ्कले आफ्नो आधिकारीक युट्युब एवं अन्य सामाजिक सञ्जालमार्फत डिजिटल ठगी सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाइएको छ ।

बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केही हदसम्म आम वित्तीय सेवा उपभोक्ता समुदायहरू थप सचेत हुने विश्वास राखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार