रजनीकान्तको लाल सलाममा कपिल देव

मुम्बई । साउथ सुपरस्टार रजनीकान्त यतिबेला आफ्नो फिल्म ‘लाल सलाम’लाई लिएर चर्चामा छन् । यो फिल्ममा अब भारतीय प्रख्यात पूर्व क्रिकेटर कपिल देव पनि जोडिएका छन् ।

फिल्ममा कपिल देवको केमियो हुनेछ । उनले फिल्ममा आफ्नो भागको सुटिङ पुरा गरिसकेका छन् । हालैमात्र रजनीकान्तले ट्वीटरमा सुटिङ सेटका केही तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीरमा कपिल र रजनीकान्त देखिएका छन् । रजनीकान्तले सेतो कलरको परम्परागत आउटफिट लगाएका छन् भने कपिल क्याजुअल लुक्समा छन् । दुवैजना एकापसमा कुराकानी गरिरहेका छन् । कपिलको सुटिङ मुम्बईमा भइरहेको छ ।

स्रोतका अनुसार फिल्ममा कपिलले क्रिकेटरकै भूमिका निर्वाह गर्दैछन् । यसबाहेक फिल्मबाट बढी जानकारी बाहिर आएको छैन । फिल्मको निर्देशन रजनीकान्तकी छोरी ऐश्वर्याले गरेकी छन् ।

कपिलका लागि फिल्मी अभिनय यो पहिलोपटक होइन । उनले कैयौं पटक फिल्ममा केमियो गरेका छन् । केही वर्षअघि रिलिज फिल्म ‘८३’ मा उनले केमियो गरेका थिए । यसबाहेक सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा अभिनित ‘मुझ से सादी करोगी’मा पनि अभिनय गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार