लिभरपुलका चार खेलाडी यसै सिजनबाट बिदा हुने

अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएकाके छ ।
लिभरपुल छाडन लागेका  चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिदैछ । सो सम्झौता सकिए सँगै उनीहरुले क्लब छाडन लागेका हुन् ।

लिभरपुलले बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यीनीहरुको महत्वपुर्ण भुमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ । जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ ।

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेसमेत हुनेछ ।

मिलनर र फिर्मिनो सँगै अर्थात २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ  । उनी लिभरपुलवाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन

यसैगरी, २ सय ५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन् । ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रुपमा स्मरण गरिन्छ ।

केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलवाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार