१३ वर्षपछि नेपालमा आईसीसी प्रतियोगिता हुँदै

काठमाडाैं । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को प्रतियोगिता आयोजना हुने भएकाे छ । आगमी नोभेम्बरमा नेपालले टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना गर्ने भएको हाे ।

आईसीसीको प्रतियोगिता नेपालले १३ वर्षपछि आयोजना हुन लागेकाे हो । नेपालले पछिल्लो पटक आईसीसीको प्रतियोगिता सन् २०१० मा गरेको थियो ।

फेब्रुअरीमा भएको उक्त प्रतियोगिता फाइनमा नेपालले अमेरिकालाई ५ विकेटले हराउँदै पहिलो पटक आईसीसीको सिनियरतर्फ उपाधि जितेको थियो । त्यसपछि विभिन्न कारणले आईसीसीको प्रतियोगिता नेपालमा हुन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार