भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।

रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जना पक्राउ परिसकेका छन् । यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार