माछा मार्न गएका युवक कर्णाली नदीमा बेपत्ता

सिमकोट। माछा मार्न गएका अदानचुली-२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।

घटना सार्वजनिक हुने वित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार