थप २४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्‍ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईसोलेसनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बिहीबार मात्र कोरोनाबाट १५ जना निको भएर घर फर्किइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार