सेयर बजारको कारोबार एक महिनापछि अर्ब नाघ्यो

सेयर बजारमा एक महिनापछि १ अर्ब भन्दा धेरै कारोबार भएको छ । आज (बिहीबार) १ अर्ब ४७ करोडको कारोबार भएको हो ।

पछिल्लो पटक चैत ३० गते १ अर्ब ६५ करोडको कारोबार भएको थियो । त्यसयता दैनिक एक अर्ब भन्दा कम कारोबार हुँदै आएको थियो ।

आज ४४ लाख २२ हजार कित्ता सेयर कारोबार हुँदा नेप्से सूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा आएको छ ।

यस दिन २६४ कम्पनीको ४४ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।

आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै कमाउनेमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ । जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा एनआईबीएल ग्रोथ फण्ड रहेको छ, जसको बजार आज ३ दशमलव १४ प्रतिशतले गिरावट आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार