तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार