प्रतिनिधिसभा बैठक : सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

आज प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने सहमति भएकोव थियो ।

त्यसै सन्दर्भमा जेठ ४ गते (आज) प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी गरेका हुन् । संसद्भित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्न पाउनेछन् ।

प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था छ । नियमावली अनुसार ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखकोमा आइपुग्नुपर्छ । त्यसको सामान्य जानकारी प्रधानमन्त्रीलाई गरिने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार