नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कुनै हालतमा छुट हुन्न : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्य तथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरू र तलसम्म बसेकाहरूको सेटिङमा भएको सङ्गठित अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पारेका हुन् ।

उनले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गरे । श्रेष्ठले शरणार्थी प्रकरणमा सबैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दवाव वा अवान्छीत प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिबद्ध रहेको धारणा ब्यक्त गरेका छन् ।

उनले भ्रष्टाचारको नियन्त्रण गरि सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गरे । नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सबै भ्रष्टाचारहरूमा संलग्नलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार