तारकेश्वरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, बस खोलामा खस्यो

काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालका अनुसार तारकेश्वर नगरपालिका(६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो । बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रिजालले बताए ।

मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । । घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजार र बाँकीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको रिजालको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार