साफ च्याम्पियनसिप: नेपालले भारत र कुवेतसँग खेल्ने

आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपालले भारत र कुवेतसँग खेल्ने भएको छ ।

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन ।

भारतको बेंगलुरुमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । फिफाको प्रतिबन्धको कारण यो संस्करणमा श्रीलंकाको सहभागिता रहने छैन भने, कुवेत र लेबनानले आमन्त्रित टीमको रूपमा खेल्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार