अबका निर्वाचनमा कांग्रेसले एक्लै लड्न सक्नुपर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसले अब कुनै पनि निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् । उनले गठबन्धनबाट चुनावमा होमिँदा कांग्रेस अहिलेको अप्ठ्यारोमा फसेको बताए ।

बुधबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै नेता कोइरालाले अहिलेको निर्वाचन पद्धतिका कारण संसदीय राजनीतिमा वेथिति भित्रिएको बताए । उनले निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको औंल्याए ।

कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने समेत बताए ।

‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ । त्यसका लागि नेपाली कांग्रेसले पनि सहयोग गर्न तयार हुनुपर्छ,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार