हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।   प्रहरीले जिप  चालकलाई पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार