आजको मौसम: कोशी र लुम्बिनी प्रदेशका पहाडी भु-भागमा वर्षा हुने

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वा हल्का वर्षा र हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार